रवि लामिछानेको सांसद पद खारेज

R

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनको पद खारेज गरेको हो । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय सर्वोच्वले खारेज गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार