
काठमाडौं । सर्वोच्च अदालतको फैसला विरुद्ध रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । फैसला रविको विपक्षमा आएपछि उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् ।
अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।










