
काठमाडौं । रवि लामिछानेलाई फसाइएको भन्दै काठमाडौको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । सर्वोच्च अदालतले रविको सबै पद खारेज गरेर अन्याय भएको भन्दै केहि अभियन्ताहरुले प्रर्दशन गरेका हुन् । हिजो सर्वोच्च अदालतमा रविको नागरिकताविरुद्ध परेको रिटउपर फैसला हुँदै उनको सांसद, उपप्रधान एवम् गृहमन्त्री र पार्टी सभापति पद खारेज भएको थियो ।
रविले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनअनुसार पुनह नागरिकता प्राप्ती नगरेकाले उनको चार वटै पद खारेज गरिएको सर्वोच्चको फैसलामा उल्लेख छ । रविले कानुनअनुसार पुनह नागपरिकता प्राप्त नगरी पार्टी दर्ता गरेको, निर्वाचनमा भाग लिएर निर्वाचित भई मन्त्रीसम्म बन्नु नेपालको नागरिकता सम्बन्धी ऐनको उलंघन भएको सर्वोच्चको ठहर छ ।
अदालतको उक्त फैसलालाई स्विकार्दै रविले हिजै साँझ प्रधानमन्त्री प्रचण्ड समक्ष पदबाट राजीनामा दिएका थिए । तर, उनलाई फसाइएको भन्दै केहि अभियन्ताहरुले सर्वोच्च अदालत र सरकारमा सामेल दलहरुप्रति विरोध गरिहेका छन् । उनिहरुले निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै कारवाहीको माग समेत गरेका छन् । रविले निर्वाचनमा भाग लिंदा उनको नागरिकता किन नहेरीएको भन्दै उनले आयोगमाथि प्रश्न उठाएका हुन् ।
भिडियो पनि हेरौं










