रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी, ३ बजे केन्द्रिय समिति बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि आजै पार्टी सभापति घोषणा गरिने गरी तयारी भइरहेको रास्वपाले जनाएको छ ।

रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् । यस अघि नागरिकताको विषयमा सर्वोच्च अदालतले माघ १३ गते दिएको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

रविलाई पार्टी सभापति घोषणा गर्न आजै ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ । नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।

रविले नागरिकता लिएसँगै फेरि उनी पहिलेकै अवस्थामा ल्याउनका लागि पार्टीले तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार