
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको बताइएकोछ ।
दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आएकी नुल्याण्डले प्रधानमन्त्रीसंगको भेटपछि कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा। विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भिडियो पनि हेरौं











