सहमती नजुटेपछि माओवादी केन्द्रको स्थायी समिति बैठक सारियो


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि बैठक दुई दिनपछि सारिएको हो ।
अब अर्को स्थायी समिति बैठक माघ १८ गते बस्ने निर्णय भएको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

जारी स्थायी समिति बैठकमा महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदलले तयार पारेको नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्तावमा सहमती नभएपछि थप छलफल गर्ने भन्दै बैठक दुईदिन पछि सारिएको महराले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार