
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता भएके छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामहकि राजनीतिक परिस्थितीका बिषयमा छलफल भएको बताइएकोछ । नागरिकताका कारण उपप्रधान तथा गृहमन्त्रालय गुमाएका रविले आइतबार पुन नागरिकता प्राप्त गरेपछि आज प्रधानमन्त्रीलाई भेटेका हुन् ।
सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसंग आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बताइएको छ । तर, प्रचण्ड त्यसबारे केहि जवाफ नदिएको बालुवाटार स्रोतले बताएको छ । रविको नागरिकता लगायत पासर्पोटको मुद्धा कायमै रहेकाले उनलाई फेरि गृहमन्त्री बनाउदा स्वार्थ बाझिने प्रधानमन्त्रीको बुझाई छ । रविविरुद्धको मुद्धा अदालतमा कायमै रहेकाले उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिदां अनुसंन्धानमा असर पर्न सक्ने र स्वार्थ बाझिने विज्ञहरु पनि बताउँदै आएका छन् । माओवादी भित्र पनि गृहमन्त्रालय आफैले राख्नु पर्ने प्रधानमन्त्रीलाई दवाब छ ।
यता रवि भने जतिसक्दो छिटो गृहमन्त्रालयमा फर्किन आतुर देखिन्छन् । नागरिकता जस्तो बिषयका कारण सांसद पनि गुमाएका रविले गैरसांसदका रुपमा ६ महिना भएपनि गृहमन्त्री बन्ने चाहाना राखेको देखिन्छ । तर नैतिकताका कारण पनि उनले फेरि गैरसांसदका रुपमा गृहमन्त्री हुन नहुने कतिपयको सुझाव पनि छ । रविले आफुलाई गृहमन्त्रालयमा फर्काउन एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्रीलाई दवाव दिएको समेत बताइन्छ ।










