
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । रिक्त रहेको गृहमन्त्रि पदबारे सत्ता गठबन्धनमा खटपट भइरहेका बेला यो भेटलाई महत्वका साथ हेरिएकोछ । पुन नागरिकता प्राप्तिपछि रास्वपा सभापति रवि लामिछानेले पुन गृहमन्त्रि मागेपछि गठबन्धनमा समस्या उत्पन्न भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेको नागरिकता विवादको सर्वोच्च अदालतबाट पुर्णफैसला नआएसम्म गहृमन्त्रिमा दोहोर्याउन नसकिने जवाफ दिइसकेका छन् । तर एमाले अध्यक्ष ओलीले लामिछानेलाई फेरि गृहमन्त्रि बनाउन प्रधानमन्त्रीलाई दवाव दिइरहेका खबरहरु आइरहेका छन् । सभापति लामिछानेको नागरिकताको समस्या समाधान भएपनि पासर्पोटको मुद्धा अदालतमा विचारधिन रहेकाले पनि गृहमन्त्रालय दिन नहुने विद्धानहरुको भनाई छ ।
लामिछानेले आफु अमेरिकी नागरिक हुँदै नेपाली पासर्पोट लिएर विदेश यात्रा गरेका कारण यो फौजदारी अपराध अन्र्तगत पर्नेै भएकाले उनिमाथि सजाय हुन सक्ने जानकारहरु बताउँछन् । आज भएको प्रचण्ड र ओलीबीचमा सत्ता गठबन्धनको बैठक बोलाउने बिषयमा छलफल भएको बताइएकोछ ।










