रविलाई गृहमन्त्रि दिने बिषयमा ओलीको प्रश्नः ‘अदालतको पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने होर ?’

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिन अदालतको पुर्ण पाठ नचाहिने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा भएको सहमतीअनुसार रास्वपालाई गृहमन्त्रालय दिनका लागि अदालतकोपुर्णपाठ नचाहिने बताएका हुन्।

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादको मुद्धामा सर्वोच्च अदालतले केहि दिनअिघ फैसला गर्दै उनको संसद, मन्त्रि र पार्टी सभापति लगायत चार वटा पद खारेज गरेको थियो । लामिछानेले नागरिकता पुनह प्राप्ति गरेर पार्टी सभापति भने जोगाएका छन् । नागरिकता पुनह प्राप्तिपछि लामिछानेले आफुलाई गृहमन्त्रालय पाउनु पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दवाव दिइरहेका छन् । यसमा ओलीको सर्मथन रहँदै आएको छ ।

पत्रकारहरुसंगकुरा गर्दै अध्यक्ष ओलीले सहमतीअनुसार रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने समेत बताए ।

पत्रकारहरुले ओलीलाई ‘प्रधानमन्त्री प्रचण्डले  गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने भन्नू भएको छ नि’ भनेर सोधेको प्रश्नमा उनले उल्टै प्रश्न गरे, ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?’

अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालयको बिषयले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको समेत बताए ।

राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने उनको भनाईछ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर पत्रकारहरुको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले मात्रै त्यस्तो भनिरहेको बताए ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार