
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका प्रसथान गरेकी छन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी हुन् । ।
मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ ।
त्यस्तै भोली शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने २१ माघमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
श्रीलंकाको भेटघाट सकाएर मन्त्री पौड्याल २२ माघमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।










