रविसंग चुनाव लडेर दोस्रो भएका श्रेष्ठ आफुलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै आयोग जाँदै


काठमाडौं । चितवन २ मा रास्वपा सभापति रवि लामिछानेसंग चुनाव लडेर दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफुलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।

चितवन २ बाट निर्वाचित रविको नागरिकता विवादका कारण सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका श्रेष्ठले स्वतः आफुलाई विजयी घोषाणा गर्नुपर्ने माग गर्दै आज आयोगमा निवेदन दिने भएका हुन् । उनले अहिले विहान साढे ११ बजे आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

निवेदन दर्तापछि पूर्वराज्यमन्त्री समेत रहेका श्रेष्ठले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलनको आयोगजा गर्ने समेत उनको सचिवालयले जनाएकोछ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार