
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बसुन्धरास्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको संयुक्त बैठकमा गृहमन्त्री नपाएपछि सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिइने बताइएको छ ।
सत्ता गठबन्धनमा भएको सहमतीअनुसार आफुले गहमन्त्री पाउनु पर्ने अडान राखेको रास्वपाले त्यो नपाएपछि सरकार छाड्ने चेतावनी यसअघि दिइसकेको छ । बिहीबार बसेको बैठकमा सहमतीका लागि सरकारलाई दिएको दुई दिनको अल्टिमेटम सकिएपछि रास्वपा सभापति रवि लामिछानेले बैठक बस्नुअघि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गरेका छन् ।
प्रचण्डले गृह आफैसंग राखेर रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय दिने भनेपछि त्यसबारे निर्णय गर्न रास्वपा बैठक बसिरहेको छ ।
भिडियो पनि हेरौं










