‘धम्कीपूर्ण अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी रवि हुनेछन्’


काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी लिनुपर्ने बताएको छ ।

आज साँझ पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबारे पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे कडा टिप्पणी गरेका थिए । उनको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको महासंघले बताएको छ।
लामिछानेले आधारहीन र पूर्वाग्रही भएर संचारमाध्यम र पत्रकारहरुमाथि गलत आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै महासंघले विज्ञप्तिमार्फत विरोध समेत जनाएको छ।

सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदा हुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको महांसंघको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले आफ्नो धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ ।

महासंघको विज्ञप्ति पढौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार