‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘कठपुतली राष्ट्रपति’ हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाए त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाए त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरेका हुन्।

उनले हिजोको राष्ट्रपतिको भूमिकाले उब्जाएका प्रश्नका कारण फेरि पनि एमालेबाटै राष्ट्रपति भएकामा संविधान दुर्घटनामा पर्न सक्ने डर रहेको बताए। सांसद थापाले एमालेले राष्ट्रपतिमा प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन प्रयास गर्ने समेत बताए । राष्ट्रपतिप्रति आँखा नलगाउन उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार