
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता सम्पन्न भएको छ । आज भएको भेटवार्तामा सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोली बिहान ९ बजे बस्ने भएको निर्णय भएको छ। आज अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक भोली बिहान बस्ने गरी स्थगित गरिएको हो ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा सहमती हुन सकेको छैन् । राष्ट्रपतिमा एमालेले दावी गर्दा माओवादी सहमत हुन सकेको छैन् ।










