विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । आज प्रदेशसभामा विश्वास मत नपाएपछि रावल पदमुक्त भएका हुन् । सरकार गठनका लागि निर्णायक मानिएको नागरिक उन्मक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल पदमुक्त भएका हुन् ।

पुस २७ गते नागरिक उन्मुक्तिकै समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा आज त्यो नपाएपछि पदमुक्त भएका हुन् । नागरिक उन्मुक्तिले रेशम चौधरीलगायत आफ्ना थारु नेता कार्यकर्ताको रिहाई लगायतका मुद्धाको सुनुवाई हुनेमा कुनै यारेन्टी हुन नसकेपछि रावललाई विश्वासको मत नदिएको बताएको छ । अबठुलोदलको हैसियतमा काँग्रेसबाट मुख्यमन्त्री नियुक्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार