बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारि


काठमाडौँ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारि छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष रोजेन्द्र लिङ्देन, रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारि छ ।

नेताहरुबीच सत्ता गठबन्धनबाट राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने लगायतका बिषयमा गम्भिर छलफल भइरहेको बताइएको छ ।

राष्ट्रपतिमा एमालेले दावी गरेपछि गठबन्धनमा खटपट सुरु भएको छ । हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

बैठकमा हिजोमात्रै सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेपछि त्यसको समिक्षा र आगामी असरबारे पनि छलफल हुने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार