राष्ट्रपति भण्डारीले आज दिउँसो संसदमा बिशेष सम्बोधन गर्दै


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले बिशेष सम्बोधन गर्न लागेकी हुन् ।

राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिने भएकाले संसदमा सम्बोधन गर्न लागेकी हु्न। भण्डारी लगातार दुई पटक राष्ट्रपति भएकी थिइन् ।

संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुन पाउँदैन्। फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ। त्यसका लागि सत्ता गठबन्धन र विपक्षी काँग्रेस लगायतले उम्मेदवारका बिषयमा छलफललाई तिर्वता दिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार