सरकारसँग ६ बुँदे सहमति गर्दै चिकित्सकले गरे आन्दोलन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । सरकारसँग ६ बुँदे सहमति भएपछि संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा.गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले हस्ताक्षर गरेका छन् । सहमति पछि आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् ।

सहमतिका बुँदाहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार