वीरगञ्जमा ९ करोडमा बनिरहेको भवनको छत भत्किदा २ जना घाइते,ठेकदार पक्राउ


वीरगञ्ज । वीरगञ्जमा करिब ९ करोडमा बनिरहेको भवनको छल खस्ता २ जना घाइते भएका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवनको छत भत्किदा मोरङ जिल्ला सुनबारी नगरपालिका ६ का २६ वर्षीय मोहन मुर्मुरे र २० वर्षीय अर्जुन मुर्मुरे घाइते भएका हुन् ।

घाइतेको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको छतको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए ।

स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् । प्रदर्शनी हल निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ भवन छत भत्किएपछि प्रहरीले इटहरीका ४५ वर्षीय सह ठेकेदार प्रदिप बदगाईलाई पक्राउ गरेको बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार