गोंगबु क्षेत्रको आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन


काठमाडौँ । गृह मन्त्रालयले यातायात व्यवसायी र मदजुरको आन्दोलनमा भएको लुटपाट र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।
गृह सचिव बिनोद सिंहले आज काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर लुटपाट र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्ने निर्देशन दिएका हुन् ।

यातायात व्यवसायी र मदजुरहरुको आन्दोलनमा हिजो साँझ काठमाडौंको गोंगबु र बालाजु क्षेत्रमा लुटपाट र आगजनी भएको थियो । आन्दोलनकारीले प्रर्दशनका क्रममा गोंगबु क्षेत्रमा रहेको लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुटपाट भएको थियो । प्रर्दशनकारीले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रदर्शनकारीहरुले पसल तोडफोड गर्नुका साथै मोबाइल लगायतका करोडौंका समानहरु लुटेका थिए।

प्रर्दशनकारीहरुले आज सार्वजनिक सवारी साधन बन्दको आव्हान पनि गरेका थिए । आज बिहान सरकार र अन्दोलनकारीबीच वार्तामार्फत सहमती भएपछि बन्द लगायत आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार