रास्वपाका कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्छ– अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका हुन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको समेत बताए ।
सत्ता गठबन्धन टुट्नुको अर्को कारण राष्ट्रपति निर्वाचन पनि हुन् बताउँदै उनले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मुलुकको राजनीतिक कोर्सबारे टुंगो लाग्ने बताए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे । के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको नेपालको आरोप छ ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरु जाग्न लागेको बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गरे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार