
काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल जिल्ला कार्यसमिति सिराहाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले ईन्द्र प्रसाद पालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव शरणकुमार गुरूङले जानकारी दिए ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको यहि फागुन २६ र २७ गते काठमाडौंमा हुने प्रथम राष्ट्रिय अधिवेशनका लागि अहिले जिल्लाहरुमा धमाधम अधिवेशनहरु भइरहेको महासचिव गुरूङले बताए । महासचिव गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न संगठनका पदाधिकारीहरूले संघीय, प्रदेश र स्थानीय ऐन कर्मचारी मैत्री बनाई तत्काल जारि गर्न आन्दोलन गर्नुपर्ने लगायतमा मागहरु राखेका थिए ।














