शान्ति सम्झौता र संविधान निर्माणका बेला मिलेका शक्तिहरु फेरि एक ठाउँ उभिनुपर्छः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला मिलेका शक्तिहरु फेरि एक ठाउँ उभिनु पर्ने बताएका छन् ।

आज पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला मिलेका राजनीतिक शक्तिहरु फेरी एक ठाउँमा उभिनु पर्ने बताएका हुन् ।

जनयुद्धपछि भएको १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने उनको भनाइ थियो ।

यहि फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रिय सहमती हुनुपर्ने अडान राखिरहेका प्रधानमन्त्री प्रचण्डको विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरी मिल्नुपर्ने भनाईलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । प्रचण्डले राष्ट्रिय सहमतीअनुसार राष्ट्रपति चुन्न सके मात्रै लोकतन्त्र र संविधानको रक्षा हुन सक्ने संकेत गरेका छन् ।

उनले मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दूषित हावा देखिएको समेत बताए । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमतिको विकल्प नभएको बताए ।

राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा सहमती हुन नसक्दा सत्ता गठबन्धन टुट्ने संकेत देखिन्छ । एमालेले राष्ट्रपतिमा दाबी गरेपछि माओवादी केन्द्रले अस्विकार गर्दा गठबन्धन संकटमा परेको हो । माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्ने मनशाय ब्यक्त गरेपछि गठबन्धन थप संकटमा परेको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार