
काठमाडौं । आगलागीबाट जलेर गम्भिर घाइते भएका नेपाली काँग्रेसका संघीय सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । भारतको बुम्बईस्थित नेसनल बर्न्स सेन्टर अस्पतालमा उपचार भइरहेका उनले आज दोहोरो संवाद गरेका छन् । अस्पतालमा रहेका माधव न्यौपानेका अनुसार आज बिहान १०ः१५ बजे दुर्घटनापछि उनले पहिलो पटक दोहोरो संवाद गरेका हुन् । न्यौपानेका अनुसार सांसद भण्डारीको भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको छ।
उनको स्वास्थ्य पारामिटर नर्मल रहेको र जलेर सुन्निएको अनुहार पनि घटेर स्वास्थ्य सामान्यतर्फ गईरहेको न्यौपानेले बताए ।
गत बुधबार राती काठमाडौंको बुद्धनगरस्थित भण्डारीको घरमा ग्यासबाट आगलागी हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । घटना गलत्तै दुबैजनालाई कीर्तिपुर अस्पताल लगिएको थियो । जलेर भाइते भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार बिहान उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो भने भण्डारीलाई थप उपचारका लागि बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई पुर्याइएको थियो ।










