बाजुरा केन्द्रविन्‍दु बनाएर भूकम्प


काठमाडौं । बाजुरा केन्द्रविन्दु बनाएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोबाट क्षतिको खबर भने आइपुगेको छैन।

यो पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको तेस्रो भुइँचालो हो। यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४.१ म्याग्निच्युडका भूकम्प गएका थिए।

बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार