घुस लिएकोबारे उर्जामन्त्रि लिङ्गदेनले भनेः कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा झुण्डिन तयार छु


काठमाडौं । उपप्रधान एवम् उर्जा मन्त्री राजेन्द्र लिङ्गदेनले आफुमाथिको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता (पिपिए) गर्दा मन्त्री लिङ्गदेन एक अरब रुपैंया लिएको भनि सुनियोजित ढंगले दुष्प्रचार गरिएको भन्दै उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् । आज उनले सामाजिकसंजाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

‘विधुत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु’, मन्त्री लिङ्गदेनले स्टाटसमा लेखेका छन् । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्ने समेत उनको भनाई छ ।

मन्त्री लिङ्गदेनको स्टाटस यस्तो छ:

“केही दिन अघि नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता (PPA) गर्दा मैले एक अरब रकम लिएको भनि सुनियोजित ढंगबाट गरिएको दुष्प्रचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
विधुत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एकरूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।
“भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्नेछु।”
मैले यो कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य होइन ।
राम्रो गर्ने प्रयत्न गर्नेछु । नराम्रो गर्ने छैन। निश्चिन्त रहन मेरा शुभेच्छुकहरुमा अपिल गर्दछु ।”
भिडियो पनि हेर्नुहोस
https://www.youtube.com/watch?v=1OvLczGfc48

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार