तीन दलको बैठक निष्कर्षविहीन, भोली ओलीसंग निर्णायक वार्ता


काठमाडौँ । राष्ट्रपतिका बिषयमा सहमती गर्न बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारमा बसेको माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीचको बैठक निष्कर्षविहीन सकिएको हो ।

राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा भएको छलफलका नेताहरुबीच सहमती हुन नसकेपछि भोली फेरी बस्ने बताइएको छ ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोली एमाले अध्यक्ष केपी ओलीसंग निर्णायक वार्ता गर्ने बताएका छन् ।

सत्ता गठाबन्धनमा राष्ट्रपतिबारे सहमती नभएपछि अध्यक्ष प्रचण्डले सत्ता बाहिरका समाजवादी, जसपा र काँग्रेससंग छलफल गरेका थिए ।
भोली सत्ता गठबन्धनको एक घटक एमालेसंग निर्णायक वार्ता हुने प्रचण्डको भनाई छ ।
एमालेले राष्ट्रपतिमा दावी गरिरहेको र प्रचण्डले राष्ट्रिय सहमती हुनुपर्ने बताएपछि सत्ता गठबन्धनमा टुट्ने मोडमा पुगेको आकँलन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार