प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच निर्णायक वार्ता जारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवार कसलाई बनाउने भन्ने छलफल भइरहेको ।

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि भोली १३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने बिषयमा सहमती हुन नसक्दा गठबन्धन नै संकटमा परेको छ ।

आज जसरी पनि सहमतीमा पुगेर भोली उम्मेदवारी दर्ता गर्नुपर्ने नेताहरु सामु बाध्यता छ । एमाले अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुनुपर्ने दावी गरेपछि सहमती हुन कठिन रहेको नेताहरु बताउँछन् । प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपति चयनमा राष्ट्रिय सहमती हुनुपर्ने बताउँदै आएका छन् ।

प्रचण्डले सत्ता गठबन्धन र सत्ता बाहिर रहेका दलहरुसंग पनि पटक पटक छलफल गरेका छन् । आज बिहान मात्रै बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीचको बैठकले पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भइसकेको छ । जसले नयां सत्ता समिकरण बन्ने र काँग्रेसले राष्ट्रपति पाउने आकँलन गरिन थालिएको छ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार