
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक भनिएको भेटवार्ता सकिएको छ ।बालुवाटारकमा झण्डै दुई घण्टा भएको भेटवार्ता भएपछि ओली बाहिरिएका छन् । भेटवार्तामा भएको निर्णय बाहिर आएको छैन् ।
ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु प्रचण्डसंग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी ९जसपा० र एकीकृत समाजवादीको बैठक बस्ने तयारी हुँदैछ । पुरानो पाँच दलीय गठबन्धमा रहेका यि दलका नेताहरुले आज बिहान पनि राष्टपति र उपराष्ट्रपतिबारे छलफल गरेका थिए ।
छलफलमा राष्ट्रपति पदमा कांग्रेस र एकीकृत समाजवादीको दावीछ भने उपराष्ट्रपतिमा जसपाको दाबी गरेका थिए। अहिले बस्ने बैठकले राष्ट्रपति र उपराष्ट्रपति कसलाई बनाउने भन्ने निर्णय गर्नेछ ।










