६ तलामाथिबाट खसेर माधव नेपालका भाइको निधन, घटना रहस्यमय


काठमाडौँ । घरको छैटौं लताबाट खसेर नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको निधन भएको छ । लडेर गम्भिर घाइते उनको उपचारका क्रममा निधन भएको हो ।

आज दिउँसो काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौं तलामाथिबाट खसेर गम्भीर घाइते भएका सरोजलाई उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो । घटना दिउँसो सवा दुई बजेतीर भएको बताइएको छ ।

घटनाबारे छानबिन भइरहेको प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवले बताए। सरोजलाई लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । त्यसपछि थप उपचारका लागि अन्नपूर्ण न्युरोमा लगिएको थियो । सरोज एकीकृत समाजवादीको इन्जिनियर विभागका प्रमुख समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार