राष्ट्रपतिका उम्मेदवार पौडेल र समाजवादी नेता खनालबीच भेटवार्ता


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनालको निवास डल्लु पुगेर उम्मेदवार पौडेल आज भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । दुबै नेताबीच समसामयिक राजनीतिका विषयमा समेत छलफल भएको पौडेलेको सचिवालयले जनाएको छ ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन नजिकिदै गएपछि नेताहरुबीच भेटघाट तिब्र भइरहेका छन् । राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट पौडेल र एमालेबाट सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् ।

भिडियो हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार