माओवादी आठ दलको निष्कर्षः ‘यो प्रचण्डविरुद्धको मात्रै मुद्दा होइन,डटेर सामाना गर्छौ’

काठमाडौं । नेकपा माओवादी घटकका आठ दलको बैठकले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्धको मुद्दा प्रचण्डको मात्रै नभएको निष्कर्ष निकालेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीका आठ घटक दलहरुको बैठकले जनयुद्धकालका घटनालाई लिएर परेका मुद्धाविरुद्ध संयुक्त रुपमा लड्ने निर्णय पनि गरेका छन् ।

उनिहरुले सर्वोच्च अदालतले द्धन्दकालका मुद्धा दर्ता गर्नु भनेर दिएको आदेशले संक्रणकालीन न्याय नै मर्ने र त्यस्तो स्थितिमा शान्ति सम्झौता नै खारेज हुने निष्कर्षमा आफूहरु पुगेको समेत बताएका छन् ।

बैठकमा प्रधानमन्त्री समेत रहेका केन्द्रका अध्यक्ष प्रचण्डले आफूविरुद्धको मुद्दा रहस्यमय रहेको बताएका थिए । यसमा आन्तरिक तथा बाहिरी षडयन्त्र रहेको प्रचण्डको दाबी गरेका थिए । बैठकमा प्रचण्ड लगायत माओवादी घटकका डा बाबुराम भट्टराई, मोहन वैद्य, सिपी गजुरेल, विप्लव, आहुती लगायतका नेताहरु सहभागी थिए ।

आजै द्धन्दकालका घटनालाई लिएर प्रचण्डविरुद्ध रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दर्ता गराएका छन् । रिटमाथि पेसी यहि फागुन २५ गतेका लागि तोकिएको छ ।

प्रचण्डले २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिने भन्दै अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने रिटकर्ताको माग छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार