११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै

काठमाडौं । आज ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ। यो दिवस हरेक वर्ष मार्च ८ का दिन मनाउने गरिन्छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार– सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध हडताल र प्रर्दशन गरेको दिनको सम्झानामा विश्वभर यो दिवस मनाइदै आएको छ।

नेपाल सरकारले नारी दिवसको दिन आज सार्वजनिक विदा पनि दिएको छ ।

महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाउन सरकारले सबैमा आव्हान समेत गरेकोछ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवसका रुपमा मनाउन थालियो ।

दिवसका अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार