काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशन आजबाट सुरु भएको छ । दुईदिने अधिवेशन भक्तपुरको बोडेमा रहेको कृषि बिकास बैंक, तालिम प्रतिष्ठानमा सुरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिकारुपमा बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हक हित संरक्षणका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । सरकारले तीन तहमा कर्मचारी समायोजन गर्दा कर्मचारी बर्गमा थुर्पै समस्याहरु उत्पन्न भएकाले त्यसको उचित ढंगले समाधान गरिनु पर्नेमा उनले जोड दिए । देश अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेकाले यसबारे सरकारी कर्मचारीहरु पनि गम्भिर भई राज्यलाई सहयोग गर्नुपर्ने हमालको भनाई थियो । उनले सरकारी क्षेत्रमा आवद्ध कर्मचारीहरुले दिने सेवा सहज र शुलभ बनाउन पनि ध्यान आग्रह समेत गरे ।
कार्यक्रमकमा अतिथिका रुपमा सहभागी राष्ट्रिय कर्मचारी संगठन, (निजामती) का अध्यक्ष हरि रावल, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभास कुमार साह, नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटवाल र मधेस निजामती कर्मचारी मञ्चका वरिष्ठ उपाध्यक्ष विजय सिंहले सरकारले ल्याउन लागेको निजामती ऐन सम्पुर्ण सरकारी कर्मचारीमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।
यसअघि सरकारले गरेको कर्मचारी समायोजना अन्यायपुर्ण रहेकाले त्यसलाई पुर्नसमायोजन गरिनु पर्ने उनिहरुको भनाई थियो ।
जारि बन्दसत्रमा सांगठनिक, लेखा र आर्थिक प्रतिवेदनमाथि सहभागीहरुबीच छलफल भइरहेको छ । प्रतिवेदनमाथी सहभागीहरुबाट आएका सुझावहरुलाई समेटेर हलले पास गर्नेछ । अधिवेशनमा संगठनको विधान संशोधनबारे पनि छलफल हुने अध्यक्ष गगनसिंह बिष्टले बताए ।
जारि अधिवेशनमा देशभरीबाट ४०६ जना प्रतिनिधि, संगठनका केन्द्रिय पदाधिकारी लगायतको पस्थिती छ । अधिवेशनमा नयां नेतृत्वका भोली छलफल हुने अध्यक्ष बिष्टले बताए ।
नयां नेतृत्वका लागि सकभर सहमती गरिने र सहमती नभए लोकतान्त्रिक ढंगले निर्वाचनमार्फत नयां नेतृत्व चयन हुने उनको भनाई छ । गठनका अध्यक्ष विष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन महासचिव शरण कुमार गुरुङले गरेका थिए ।