
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।
आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो । शाक्य बागमती प्रदेसको पूर्वमुख्यमन्त्रीसमेत हुन् ।
निर्वाचन आयोगका अनुसार चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिएकाले सत्तारुढ गठबन्धन लगायत अन्य दलहरुले उम्मेदवारको टुंगो लगाउन छलफलमा छन् ।
भिडियो पनि हेरौं










