सर्वोच्चको मुद्धाले हामी विभाजित माओवादीलाई एकतावद्ध हुन मद्दत पुग्यो– प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुविरुद्ध सर्वोच्चमा परेको मुद्धाले विभाजित माओवादीलाई एक ठाउँमा आउन मद्द पुगेको बताएका छन् । आज काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौताको बिषयलाइृ लिएर आफूविरुद्ध मुदद दर्ता हुँदा विभाजित माओवादीलाई एक ठाउँमा ल्याउन मद्द पुगेको बताएका हुन् ।

‘विस्तृत शान्ति सम्झौता भन्दा बाहिर गएर अध्यक्ष माथि नै, प्रधानमन्त्रीमाथि नै केहि हुन लागेको होकी भनेर देशैभरी ठुलो तरंग, चिन्ता पैला भयो । तर म विल्कुल चिन्तित थिइन् । मलाई के थाहा थियो भने, यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने लाग्याथ्यो मलाई । हामी विभाजित माओवादीलाई एक ठाउँमा आउ भन्ने आदेश जस्तो बुझे मैले, छिटो भन्दा छिटो ऐन अघि बढाउ भन्ने बुझेँ, तत्काल मन्त्रिपरिषद् बोलाएर संसदमा दर्ता गराएँ’,प्रचण्डले भने ।

आफूविरुद्ध सर्वोच्चमा दर्ता भएको मुद्धाले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा आफुले लिएको समेत प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए ।

प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको समेत बताए ।

अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको उनले दाबी गरे । राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने प्रधानमन्त्रीले दावी गरे।

प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन यही सदनमा प्रस्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको समेत जानकारी दिए। उनले मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार