
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पर्न सफल भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज सम्पन्न खेलमा यूएईलाई २ रनले हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पर्न सफल भएका हो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । ‘ब्याक लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।
आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।
नेपालले खेल जित्दै विश्वकप छनौटको यात्राका लागि कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दत रह्यो ।
खेलमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा ३११ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल विजयी घोषणा भयो ।










