उपराष्ट्रपतिमा पनि पुरुष, जसपाका यादव निर्वाचित

काठमाडौँ । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । उनि एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

आज भएको संसदमा भएको निर्वाचनमा यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने उनका प्रतिस्पर्धी एमालेकी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी झाले संघतर्फ २३ र प्रदेशतर्फ १५ सांसदको मत पाइन्। त्यस्तै उम्मेदवारी निष्क्रिय बनाए पनि जसपाकी प्रमिला यादवलाई प्रदेशका १ सांसदले मत दिएका थिए।

उपराष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको हुनुपर्ने व्यवस्थालाई दलहरुले नै बेवास्ता गरेको भन्दै आलोचना समेत भइरहेको छ । यसअघि राष्ट्रपतिमा महिला र उपराष्ट्रपतिमा पुरुष थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार