दीपशिखाको सांसद शाहीलाई प्रश्नः हुति छ, मैना सुनुवार, नमिता, सुमिताको मानवअधिकारबारे बोल्ने ?

तिम्रा राजाले त बोले वाफत गोलि ठोक्थे

काठमाडौं। माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले गणतन्त्रका लागि लडेका योद्धाहरुको अपमान नगर्न चेतावनी दिएका छन् । संसदमा द्धन्द्धकालमा भएका घटनालाई दिएर माओवादीमाथि भइरहेको अपमान र आक्रमण आफुहरुलाई सैह्य नहुने भन्दै उनले सामाजिसंजालमार्फत चेतावनी दिएका हुन् ।

चैत्र ५ गते सरकारले जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट भएका मानवअधिकार हननका घटनाको न्याय निरुपणबारे पेस गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा पेस गरेको थियो । उक्त विधेयक फिर्ता लिनुपर्ने भन्दै राप्रपा सांसद ज्ञानबहादुर शाही र नेमकिपा सांसद प्रेम सुवालले असहमती राखेका थिए । सांसद शाहीले जनयुद्धमा भएका मानवअधिकारका घटनामा माओवादीलाई मात्रै दोषारोपण गरेपछि माओवादी नेताहरुले आपत्ति जनाइरहेका छन् ।

सांसद शाहीलाई संकेत गर्दै इन्चार्ज दीपशिखाले फेसबुकमा लेखेका छन्, ‘सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याईरहेका छौ नि यो तिमीले भगवान मानेका राजाले दिएको अधिकार होइन, छातिमा गोलि थापेर लडि ल्याएको अधिकार हो । जो तिमीले पनि उपभोग गरिरहेका छौं । तिम्रा राजाले त बोलेवाफत गोलि ठोक्थे ।’

इन्चार्ज दीपशिखाले सांसद शाहीलाई जनयुद्धकालमा राज्यद्धारा हत्या गरिएकी मैना सुनुवार लगायतको मानवअधिकारबारे बोल्ने हुति छ भन्दै प्रश्न समेत गरेका छन् ।

‘कुन मानवाधिकारको कुरा गरेको रु नमिता, सुमिता कि विरेन्द्रको बंशनाशको रु कि मैना सुनुवारको रु हुति छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने ?’, नेता दीपशिखाले प्रश्न गरेका छन् ।

इन्चार्ज दीपशिखाको स्टाटस पढौं

“सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याईरहेका छौ नि यो तिमीले भगवान मानेका राजाले दिएको अधिकार होइन, छातिमा गोलि थापेर लडि ल्याएको अधिकार हो । जो तिमीले पनि उपभोग गरिरहेका छौं । तिम्रा राजाले त बोलेवापत गोलि ठोक्थे ।
हामीले लडि ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिष्पर्धा गर्न पाउँछन् ! यसका लागी रत्तिभर योगदान नभएका तिमीहरुले इमान छ भने लाज मानि–मानि बोल्नुपर्छ ।
कुन मानवाधिकारको कुरा गरेको ? नमिता, सुमिता कि विरेन्द्रको बंशनाशको ? कि मैना सुनुवारको ? हुति छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने ?
यसर्थ प्रत्येक विहान उठेर गणतन्त्रका लागी लड्नेहरुलाई सम्झ मनदेखि किनभने यो बोल्ने अधिकार प्राप्तीका लागी छातिमा गोली खाएका हजारौं योद्दाको सम्मान गर्दा मात्रै तिम्रा सन्तानहरुले तिमीप्रति गर्व गर्छन् ।”
भिडियो पनि हेरौं
https://www.youtube.com/watch?v=CpBXFnyKv2k

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार