पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। आज झापाको दमक पुगेर पूर्वराजा शाहसँग राप्रपाका शिर्ष नेताहरुले भेटवार्ता गरेका हुन् ।

पूर्वराजासंग भेटवार्ता गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा झापाको दमक पुगेका थिए। पूर्व राजासँगको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपाका नेताहरुले बताएका छन् । राप्रपाले राजा फर्काउने भन्दै राजनीति गर्दै आएको छ ।

भिडियो पनि हेरौं

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार