
काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको दर्ता दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । काठमाडौंको माइतीघर मण्डलामा संगठनका पदाधिकारीहरुले दर्ता दिवसको अवसरमा दीप प्रज्वलन गरेका हुन् ।
दीप प्रज्वल कार्यक्रममा बोल्दै संगठनका सह–अध्यक्ष शरण कुमार गुरूङले अर्थवाद, अवसरवाद र व्यक्तिवादी सोचबाट मुक्त भई पेशागत आन्दोलनलाई पुनर्गठन र रूपान्तरण गर्न एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको स्थापना भएको बताए । उनले संगठन दर्ताका लागि हस्ताक्षर गर्ने र सो अभियानमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै संघीय निजामती ऐन, प्रदेश र स्थानिय तहका ऐन कर्मचारी मैत्री बनाई जारी गराउन संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्न बताए । सह–अध्यक्ष गुरुङले कर्मचारीहरुका पेशागत हक अधिकारका लागि आवश्वक परे आन्दोलनको नेतृत्व समेत गर्न तयार रहनुपर्ने बताए ।
कार्यक्रमामा बोल्दै संगठनका अध्यक्ष गगन सिंह बिष्टले संगठन दर्ता दिवसलाई उत्साव दिवसका रुपमा मनाउन सम्पुर्ण जिल्ला विभागिय कार्य समितीहरुलाई धन्यवाद दिदैं कर्मचारीहरुका हक अधिकार र सेवा प्रवाहमा रचनात्मक र सृजनात्मक ढंगले लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रम संगठनका उपमहासचिव टंकनाथ ज्ञावालीले गरेका थिए ।
संगठनका जिल्ला समितीहरुले पनि दर्ता दिवस भव्यताका साथ मनाएका छन् ।











