
काठमाडौं । पूर्व अर्थमन्त्रि जर्नादन शर्माले मिटर ब्याजको व्यापार गर्ने साहूकारहरूलाई कडा कानुनको अधीनमा ल्याई कारबाही हुनुपर्ने बताएका छन् ।
सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै माओवादीकेन्द्रका नेता समेत रहेका शर्माले मिटर ब्याजको व्यापार गर्ने साहूकारहरूलाई कडा कानुनको अधीनमा ल्याई कारबाही हुनुपर्ने बताएका हुन् । उनले मिटर ब्याज पीडितहरुको समस्यासदाका लागि अनत्य गरिनुपर्नेमा जोड समेत दिएका छन् ।
‘मिटर ब्याज पीडितहरूको समस्या सधै र सबैका लागि समाधान हुनुपर्छ र मिटर ब्याजको व्यापार गर्ने साहूकारहरूलाई कडा कानुनको अधीनमा ल्याई कारबाही हुनुपर्छ’, नेता शर्माले स्टाटसमा लेखेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएपछि पनि नेपालका गरिब र किसानबीच ब्याजको नाममा चल्ने जघन्य अपराधको प्रचलनले गरीबलाई लुट्ने र शोषणको माध्यम बनेको उनको भनाई छ ।
सोमबार मात्रै मिटर ब्याज पीडितहरु मधेसबाट पाइदल हिंडेर काठमाडौं पुगेका छन् । उनिहरु आफुमाथि अन्याय भएको भन्दै न्याय माग्न काठमाडौं आएका हुन् । उनिहरुको मागको संवोधन गर्न सरकारले वार्ताटोली गठन गरेर काम अघि बढाएको जनाएको छ । साथै हिजो मन्त्रिपरिषद्को बैठक बसेर मिटर ब्याजमा लागाउने कार्यलाई अपराध मान्दै्र विधेयक ल्याएर समस्या समाधान गरिने निर्णय समेत गरेको छ । हिजो बिहान मिटर पीडितहरु माइतीघरमा धर्ना बसेका बेला आन्दोलनमा एक्यबद्धता जनाउन गएका राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई पीडितहरुले राजावादी, सामन्तीवादी भन्दै लखेटेका थिए ।
शर्माको स्टाटस पढौं
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएपछि पनि नेपालका गरिब र किसानबीच ब्याजको नाममा चल्ने जघन्य अपराधको प्रचलनले गरीबलाई लुट्ने र शोषणको माध्यम बनेको छ । “मिटर ब्याज” पीडितहरूको समस्या सधै र सबैका लागि समाधान हुनुपर्छ, र मिटर ब्याजको व्यापार गर्ने साहूकारहरूलाई कडा कानुनको अधीनमा ल्याई कारबाही हुनुपर्छ।”
भिडियो पनि हेरौं










