रविले भनेः ‘आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन’

६ महिनामा २० सिट जित्यौं, ५ वर्षमा दुई तिहाइको एकल सरकार बनाउंछौं


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवारी दिएका रविले आज चुनावी घरदैलोका क्रममा आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताएका हुन् ।

सिन्धुलीका युवराज सफलले रविले अमेरिकी नागरिक हुँदै नेपाली राहदानी लिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका छन् । हिजो दर्ता भएको रिट उपर आज सुनुवाई हुँदैछ । सफलले रविविरुद्ध नागरिकता प्रकरणमा पनि मुद्धा हाल्दा सर्वोच्चले रविको संसद पद खारेज गरेको थियो ।
घरदैलोका क्रममा रविले आफ्नो पार्टीले ५ वर्षपछि दुई तिहाई ल्याएर एकल सरकार बनाउने दावी समेत गरेका छन् ।

उनले ६ महिनामा २० सिट जितेको र ५ वर्षमा दुई तिहाइ ल्याउउने दावी गरेका हुन् । सभापति रविले आफ्नो पार्टी चितवन लगायत बारा र तनहुँ गरी तीनै क्षेत्रमा उपनिर्वाचन जित्ने दावी पनि गरे ।

उनले आफु ३२ दिन सरकारमा रहँदा काम देखाउन आफूले कोसिस गरेको र १०० दिन काम गर्न पाएको भए धेरै भ्रष्टाचारी जेल जाने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार