रविविरुद्ध परेका ३ उजुरी खारेज, उम्मेदवारी कायमै

काठमाडौँ । रवि लामिछानेविरुद्ध परेका उजुरी खारेज भएकोछ । वैशाख १० गते हुने उपचिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उप्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध परेका ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो । उनिविरुद्ध हिजो परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरी खारेज भएका हुन्।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

रविविरुद्ध राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले उजुरी दर्ता गराएका थिए । त्यस्तै युवराज खत्री सफलले इमेलमार्फत दिएको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए ।

सफलले रविविरुद्ध सर्वोच्चमा पनि रिट हालेका छन् । जसको अहिले सुनुवाई भइरहेको छ । रिटकर्ता सफलले रविले राहदानी दुरुपयोग गरेको भन्दै रिट दर्ता गराएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार