सत्ता गठबन्धन बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति, साँझ ५ बजे सार्वजनिक हुने


काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । सरकारका तर्फबाट आज साँझ ५ बजे सार्वजनिक हुन लागेको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको हो ।

सरकारको न्युनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको गठबन्धनका नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार