
काठमाडौं । संघीय सांसद छिरिङ ल्हामु लामा तामाङले पानी जहाज, रेल, र घर घरमा ग्यासजस्ता कुरा गरेर देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाएकी छन्। आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद लामाले विगतको सरकारले उत्पादन क्षेत्रमा लगानी नगरेर जनतालाई पानी जहाज, रेल र घर घरमा ग्यासका कुरा गरेर आर्थिक संकट निम्त्याएको आरोप लगाएकी हुन् ।
सांसद लामाले यसअघिका सरकारले आवश्यक तुलनात्मक लाभका क्षेत्रमा लगानी नगरेको भन्दै अब गम्भीर समीक्षा गर्न आवश्यक रहेको समेत बताइन् ।
नेपालले जडिबुटी, जल, जंगल, अर्गानिक कृषि र पर्यटन क्षेत्र रहेको भन्दै उनले कर्णालीको जडिबुटीलाई पहिलो प्राथमिकता दिन र निर्यात गरेर डलर आयात गर्न सकिने सुझाव पनि दिइन् ।
‘










