
काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले यसपटक निर्वाचन हार्ने दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले चितवन २ का जनताले लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले उनलाई यसपटक जनताले हराउने दावी गरेका हुन् ।
उनले सभापति लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम चितवन दुईका जनताले बुझेको पनि बताए ।
उनले वैशाख १० गते हुने उपनिर्वाचनमा चितवनमा दुईमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने तर लामिछचाने हार्ने जिकिर गरे ।
नेता बस्नेतले चितवन दुईमा युवामा लोकप्रिय भएकाले एमालेका युवा उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने दावी पनि गरे ।













