
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हो ।
आदेशमा महानगरलाई सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको छ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती सिंहरदरबार क्षेत्रभित्रको फोहोर नउठाएपछि दुर्गन्ध फैलिएको छ ।
आदेशको पुर्णपाठ पढ्नुहोस













