
चितवन । उप निर्वाचन भएको चितवन –२ मा सर्बदलीय बैठक सुरु भएको छ। हिजै सकिएको उप निर्वाचनको मतगणना सुरु गर्न सहमति जुटाउनका लागि सर्बदलीय बैठक सुरु भएको हो ।
बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।
उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ । चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।
यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन ।










